२० माघ २०८२, मंगलबार | February 3, 2026

वीरगञ्जमा एकजना कारखाना मजदुरको शव फेला, हत्या भएको आशंका



वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३२ पारसवामा एकजना मजदुरको शव फेला परेको छ ।

वीरगञ्जको एक कारखानामा काम गर्दै आएका पारसवाका स्थानीय ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले उनको हत्या भएको आशंका गरेको छ ।

पारसवामा रहेको उनको घर नजिकैको कुलोमा अंगोछाले घाँटीमा पासो लगाएको अवस्थामा साहको शव फेला परेको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिएकी छिन्। शव नजिकै रगत लागेको लट्ठी भेटिएको र मृतकको आँखामा पनि चोट देखिएका आधारमा प्रहरीले हत्याको आशंका गरेको हो ।

प्रहरीका अनुसार साह बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने मजदुर भएको तथा उनले शुक्रबार आफ्नो भान्जीको बिबाहका लागि भन्दै कारखानाबाट रकम बुझेर आएको बुझिएको छ । उनीसँग भएको रकम लुट्ने उद्देश्यले साहको हत्या भएको हुन सक्ने प्रहरीको भर्ना छ ।

साहको शव पाष्टमार्टमाका लागि नारायणी अस्पतालमा राखिएको छ । यो समाचार तयार पार्दासम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ११ : ४६ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज