२४ बैशाख २०८१, सोमबार | May 6, 2024

नेकपा स्थायी कमिटी बैठक आज : अध्यक्ष ओली सहभागी होलान !



काठमाडौं । समझदारीका सुत्र खोज्ने र अनौपचारिक भेटवार्ताबाट पार्टी भित्रको अन्तरसंघर्षलाई निकास दिने भन्दै १ साता अघि स्थगित नेपाल कम्युनिष्ट पाटी [नेकपा]को स्थायी कमिटी बैठक ठोस सुत्र पत्ता नलगाई आज पुनः बस्दैछ ।

आगामी बैठकमा ठोस सुत्र पत्ता लगाउने र त्यसका लागि अनौपचारिक बसाईलाई तिब्र पार्दै लैजाने सहमतिका साथ २१ गतेको बैठक स्थगित गरिएको थियो । तर एक सातामा न त बाक्लो अनौपचारिक बैठक नै बस्यो न त कुनै ठोस सुत्रहरुको पहिचान नै भयो ।

समझदारीको बाटो पहिल्याउन दिईएको एक सातामा एक पटक दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच उपलब्धी बिनाको बैठक बस्यो । दुबै अध्यक्षका आ–आफ्ना अडान कायमै रहे । शनिबार ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरे । भेटवार्तामा नयाँ सुत्रको खोजि भन्दा पुरानै १९ पाने प्रचण्ड प्रस्ताव फिर्ता गर्न पोखरेलले आग्रह गरेको र प्रचण्डले अस्वीकार गरेको पुरानै कुरा दोहोरिए ।

बैठक बस्नु अघि आज फेरि अर्का ओलीका बिश्वास पात्र सुवास नेम्वाङ भेटघाट गर्न खुमलटार पुग्दैछन् । नेम्वाङ र प्रचण्डको भेटवार्ताले पनि ठोस निकाल्न सक्ने सम्भावना कम रहेको अनुमान गरिएको छ ।

बरु यो साताको बीचमा गुट बैठक भने बल्ग्रेल्ती भए । ओली समुहले देशव्यापी गुट भेला गर्यो, अर्को पक्षको उछित्तो काढ्यो । प्रचण्ड–नेपाल समुहले पनि गुट भेला गर्यो, आफु नै सही भएको निस्कर्ष निकाल्यो ।

त्यसो त, अघिल्लो बैठकमा २ पेजको पत्र पठाएर अनुपस्थित भएका प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुने महासचिव विष्णु पौडेलले शनिबार सार्वजानिक गरेपनि ओलीको उपस्थितीको सम्भावना अझै कम रहेको ओली निकट एक स्थायी कमिटी सदस्यले बताए । प्रचण्डको १९ पाने प्रस्तावलाई खारेज नगरी छलफल नै हुन नसक्ने ओलीको अडान कायम रहेकाले बैठकमा उपस्थित नहुने सम्भावना रहेको ती नेताले दाबी गरे । यद्यपी निकट नेताहरुले भने ओलीलाई बैठकमा नबसेर निकास ननिस्कने सल्लाह र्दिरहेका छन् ।

अर्कातिर प्रचण्ड–नेपाल समूह भने आजको बैठकमा ओली अनुपस्थित भए बहुमतीय बिधिबाट भएपनि अगाडि बढ्न ख्ट्टा उचालेर बसेका छन् । उनीहरुले अब ओलीलाई पर्खेर बैठक नरोक्ने रणनीति बनाएको नेपाल निकट स्थायी कमिटी सदस्य बताउँछन् ।

दुबै पक्षले आ—आफ्नो रणनीति तय गरेपनि आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले दुबै अध्यक्षको लिखित प्रस्ताव पत्राचारका विषयमा धारणा राख्ने क्रम सुरु हुनेछ । सबै सदस्यहरुले धारणा राख्ने क्रम आजै नसकिने भएकाले बैठक एक दुई दिन लम्बिन पनि सक्नेछ ।

बैठकको अवधि लम्ब्याई रहँदा प्रचण्ड–नेपाल पक्षले आफुसँग भएको बहुमतलाई जोगाई राख्न र ओली पक्षले बहुमतको अंकगणितीय समिकरण भत्काउने प्रयत्नको पनि जारी राख्नेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : २२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,