७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा कोरोना संक्रमणबाट एकजना सरकारी अधिकारी सहित २ जनको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत एकजना सरकारी अधिकारी सहित जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकजनाको भेरी अस्पताल नेपालगन्जमा र अर्काको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा शिक्षा शाखा अधिकृतका रुपमा कार्यरत दानबहादुर विष्टको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । नेपालगन्ज उपमहानगरपालिका-४ का ५० वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

२६ गते देखि भेरी अस्पताल नेपालगन्जमा भर्ना रहेका बिष्टको बिहान ३ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । कडा खाले कोभिडका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

त्यसैगरि, गत २७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका डोटी सिलगढी ५ का ४९ वर्षीय थप १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा शनिबार राती ७ः४५ बजे उनको मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

बाँकेमा उपचारका लागि आएका जिल्ला बाहिरका कोरोना संक्रमित मध्य मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने बाँके जिल्ला भित्रका ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : १० बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२