३ पुस २०८२, बिहिबार | December 18, 2025

बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली उपस्थित हुने,होला त सहमति ?



काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जनाउ दिएसँगै नेकपा स्थायी कमिटीको बैठकस्थल परिवर्तन भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले नियमित कार्यसूचि अन्तर्गत पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएपनि महासचिवको आग्रहमा बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको हो ।

आजको बैठकमा यस अघि दुई अध्यक्षले प्रस्तुत गरेका १९ र ३८ पाने प्रस्ताव एवं विभिन्न पत्राचारका विषयमा स्थायी समितिका सदस्यहरुले बोल्ने कार्यसूचि छ । तर, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पास गर्दै अबैठक स्थगित गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि कुनै पनि बैठक नियमित कार्यसूचीमा अघि नबढ्ने प्रचलन छ । नेता लामाको गत मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बैठकको मिति लगातार सार्न चाहेका प्रधानमन्त्री ओलीलाई यो पनि एक अवसर हुने नाम नबताउने सर्तमा अर्का एक नेताले बताए । सम्भवत १–२ दिनका लागि बैठक पछि सर्नेछ । स्थायी समितिको बैठक सरेसँगै आसन्न केन्द्रीय कमिटीको बैठक पनि सार्न ओली पक्षको प्रस्ताव रहने अनुमान गरिएको छ ।

दुई अध्यक्षसहित नेकपामा विवाद चुलिंदै गएपछि आजको बैठकमा विवादको निकास निस्कने गरी छलफल हुने नेकपाका एकता चाहने कार्यकर्ताहरुले अपेक्षा गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : १६ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको