८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना भाइरसका ८३० नयाँ संक्रमित थपिए, १५ सय जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा कोरोना भाइरसका ८३० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने साताको पहिलो दिनको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ५ हजार १८१ नमुना परीक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म २ लाख ४८ हजार २३० जनामा संक्रमण पुष्टि भैसकेको छ ।

देशभर सक्रिय संक्रमित १० हजार ९९४ रहेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये संस्थागत आइसोलेसनमा ४ हजार ७६२ र होम आइसोलेसनमा ६ हजार २३२ जना रहेका छन् । हालसम्मको पीसीआर परीक्षण १८ लाख ३१ हजार ४१ को गरिएको छ ।

काठमाडौं उपत्यकामा ३४८ जनामा संक्रमण देखिएको छ ।

देशभर १५ सय जना संक्रमण मुक्त भएका छन् । हालसम्म कुल संक्रमितको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यो कुल संक्रमितको ९४.९ प्रतिशत हो ।

बिहीबारदेखि आजसम्म ४७ जना कोराना संक्रमितको पनि मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : २७ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु