७ चैत्र २०८२, शनिबार | March 22, 2026

कोरोना भाइरसका ८३० नयाँ संक्रमित थपिए, १५ सय जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा कोरोना भाइरसका ८३० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने साताको पहिलो दिनको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ५ हजार १८१ नमुना परीक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म २ लाख ४८ हजार २३० जनामा संक्रमण पुष्टि भैसकेको छ ।

देशभर सक्रिय संक्रमित १० हजार ९९४ रहेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये संस्थागत आइसोलेसनमा ४ हजार ७६२ र होम आइसोलेसनमा ६ हजार २३२ जना रहेका छन् । हालसम्मको पीसीआर परीक्षण १८ लाख ३१ हजार ४१ को गरिएको छ ।

काठमाडौं उपत्यकामा ३४८ जनामा संक्रमण देखिएको छ ।

देशभर १५ सय जना संक्रमण मुक्त भएका छन् । हालसम्म कुल संक्रमितको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यो कुल संक्रमितको ९४.९ प्रतिशत हो ।

बिहीबारदेखि आजसम्म ४७ जना कोराना संक्रमितको पनि मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ४ : २७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा