२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पाँच जिल्लाका ६ स्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सुरु



काठमाडौं । ग्लोबल आइएमई बैंकले देशका विभिन्न जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले आइतबार पाँचथर, तेह्रथुम, धनुषा, बागलुङ र दैलेखका ६ अलग अलग स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । जसअनुसार तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बागलुङको बाडिगड गाउँपालिका सिमालचौर र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८पुगेको छ ।

बैंकले तेह्रथुम जिल्ला फेदापगाउँपालिका वडा नं. ०२ ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाललाई तोकेको छ । धनुषाको नगराईन नगरपालिकावडा नं. ०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार साह तोकिएका छन् । यसैगरी, दैलेखको दुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेखकै भैरबी गाउँपालिका वडा नं. ०५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही तोकिएका छन् ।

यस्तै, बागलुङको बाडिगाड गाउँपालिका वडा नं. ०२ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं. ०१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने पनि बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ३२ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ