२५ श्रावण २०८३, सोमबार | August 10, 2026

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले जन्माइन शिशु



नुवाकोट । नुवाकोटको त्रिशूली अस्पतालमा कोरोना संक्रमित एक गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छिन् ।

ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी हुन।

तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले प्रसुती सेवा प्रदान गरेको हो । ती सङ्क्रमित महिलाको लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।

व्यक्तिगत सुरक्षा कवच सहितको साबधानी अपनाएर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका थिए ।

कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए काठमाडौं पठाइने गरिएको थियो ।

“कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराउँदै आए पनि सङ्क्रमण देखिएका गर्भवतीलाई सुत्केरी सेवा दिएको यो पहिलो पटक हो ।” चिकित्सक केसीले भनिन,“अस्पतालमा हाल उपचारको लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौ ।”

सेवाग्राहीको वृद्धि

अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०/६० को हाराहारीमा हुने गरेकोमा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।

काठमाडौंमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । “कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौं ।” अस्पतालका अध्यक्ष न्यौपानेले भने, “चिकित्सकको परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या वढ्दो छ ।”

अर्कोतर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष ९आइसियू० सेवा सुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पु¥याइएको छ । योसँगै दश शैयाको सघन उपचार कक्ष सञ्चालनको लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : १७ बजे

खजुराबाट ४० मोतिविन्दुको अप्रेशनको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय