३ पुस २०८२, बिहिबार | December 18, 2025

देशमा राजतन्त्र फर्किदैन, कम्युनिष्टहरुसँग अब कहिल्यै सहकार्य हुँदैन : काँग्रेस महामन्त्री कोइराला



विराटनगर । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्किन नसक्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले कुनै पनि स्वरुपमा राजतन्त्र फर्किन नसक्ने स्पष्ट पारेका हुन् ।

कोइरारलाले हिन्दु राष्ट्रभने फर्किने विश्वास व्यक्त गरेका छन् । उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ, तर मुलुकमा राजा कुनै पनि स्वरूपमा अब आउँदैन ।’

काँग्रेस महामन्त्री कोइरालाले अब कहिल्यै पनि कम्युनिष्टहरुसँग सहकार्य गरेर अघि नबढ्ने जनाए । २०४६ सालमा कम्युनिष्टहरुसँग सहकार्य गर्दा उनीहरुलाई दोस्रो शक्तिको रुपमा स्थापित गराएर काँग्रेसले ठूलो भूल गरेको उनले बताए । अहिले त्यसैको फल काँग्रेसले भोगिरहेको उनको जिकिर थियो ।

पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले फागुनमा महाधिवेशन सम्भव नभएका कारण जेठमा सार्नुपर्ने बताए ।

उनले भने, ‘फागुनसम्म त क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै समय जान्छ । महाधिवेशन जेठमा गराउनुपर्छ ।’ महाधिवेशनमा आफु सभापतिको उम्मेदवार हुने पनि कोइरालाले स्पष्ट पारे । आफु र शेखर मध्ये को सभापतिको उम्मेदवार बन्ने भन्ने कुरा कार्यकर्ताले टुंगो लगाउने उनले विश्वास व्यक्त गरे ।

काँग्रेस महामन्त्री कोइराराले सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरित अघि बढेको आरोप लगाए । तनहुँमा वरिष्ठ नेतामाथि ज्यादती गरेर सरकारले सर्वसत्तावादी व्यवहार देखाएको उनले जिकिर गरे । सरकारी ज्यादतीको विरोधमा देशव्यापी रुपमा सुरु भएको प्रदर्शनलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ३९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका