२९ भदौ २०८३, सोमबार | September 14, 2026

निजी क्षेत्रको उन्नति बिना देशमा समृद्धि सम्भव छैन : वरिष्ठ उपाध्यक्ष ढकाल



चितवन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका उद्योगी, व्यवसायी सरकारको साझेदार भएको भन्दै निजी क्षेत्रको उन्नति बिना देशका समृद्धि सम्भव नरहेको बताएका छन् ।

रत्ननगर उद्योग वाणिज्य संघको साधारण सभालाई सम्बोधन गर्दै ढकालले भने– निजी क्षेत्रलाई सरकारले एक साझेदारको रुपमा हेर्नुपर्छ र उसका असजिलाहरुलाई फुकाइदिएर देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउन मुलुकका तिनै तहका सरकारले भूमिका खेल्नुपर्छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले सरकारले निजीको अप्ठेरोलाई आफ्नै ठानेर सहयोग गर्न नसकेको बताए । उनले मुलुकका तिनै तहका सरकारहरुले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने तर्क राखे ।

उनले भने– देशका सबै तहका सरकार र सरोकारवालाहरु सबैले जबसम्म निजी क्षेत्रको विकासमा मात्र देशको विकास देख्छ र देशमा उद्योमशीलताका लागि आवश्यक वातावरण निर्माण गरिदिन्छ तबमात्र देश समृद्धिको बाटोमा जान सक्छ ।

उनको तर्क थियो कि देशमा कुनै आयोजना बन्छ भने उद्योगीजस्तै सरकार पनि त्यसको साझेदार हुनुपर्छ, किनभने त्यो आयोजनाले गर्ने मुनाफाको केही प्रतिशत करका रुपमा त राज्यले पाउँछ । त्यहीकारण साझेदारका लागि राम्रो वातावरण बनाउने दायित्व सरकारको पनि रहने उनले बताए ।

स्थानीय, प्रदेश र केन्द्रीय तीनै तहको सरकारले उद्यमीसँग साझेदारले जस्तै गरी हातेमालो गर्ने हो भने तिव्र आर्थिक विकासका लागि धेरै समय नलाग्ने समेत उपाध्यक्ष ढकालले बताए ।

आईएमइ समूहका अध्यक्ष समेत रहेका ढकालले उदाहरण दिँदै भने, ’मलेसियालाई आर्थिक विकासको यो चरणमा पुग्न २०÷२२ वर्ष पनि लागेन किनभने त्यसको श्रेय मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदलाई जान्छ । मैले उहाँसँग नेपालमै एक दिन विताउने मौका पाएको थिएँ र त्यस क्रममा सोधेको थिएँ मलेसियाले छोटै अवधिमा यति धेरै प्रगति कसरी गर्यो
महाथिरको जवाफ थियो– हामीले लगानीलाई सँधै प्रोत्साहन गर्यौं, लगानीकर्तालाई मनोवल र वातावरण दियौँ । आज हामीले त्यसको प्रतिफल पाइरहेका छौं । ’

महासंघका उपाध्यक्ष ढकालले तिव्र आर्थिक विकासका लागि विदेशी लगानीकर्तासँगै स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकता दिनु पर्ने बताए । स्वेदशी लगानीकर्ताको क्षमता विस्तार गर्ने, उनीहरुलाई उपयुक्त वातावरण दिँदा देशलाई अझ बढि फाइदा हुन्छ, उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले पनि परियोजना निर्माण तयारीका लागि मात्रै वर्षौं समय लाग्ने गरेको छ र यसले मुलुकका समग्र उद्यमीहरुलाई प्रात्साहित गर्न सकेको छैन । उनले यो अवस्थामा तत्कालै सुधार ल्याउन र दशेमा व्यवसायमैत्री वातावरण बनाउन तिनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए ।

उनलले भने स्थानीय सरकारले स्थानीय विषयमा, प्रदेश सरकारले प्रदेशका चासोमा र केन्द्रिय सरकारले लगानीकर्ताका समस्यालाई तदारुकताका साथ समाधान गरिदिने हो परियोजना निर्माणको समय र लागत कम हुने उनले बताए ।

उनले अबको महासंघको नेतृत्व देशका निजी क्षेत्रका सबै प्रतिनिधिमूलक र छाता संगठनहरुको भावना र चाहनालाई समेटेर एउटै आवाजका साथ अघि बढ्ने बताए ।

उनले महासंघको हालै सम्पन्न ५४ औँ साधारणसभा र निर्वाचनपछि अब कार्यसमितिमा या देशैभरिका व्यवसायी साथीहरुबीच पक्ष विपक्ष भन्ने नरहेको आफ्नो उदाहरण दिँदै रत्ननगर उद्योग वाणिज्य संघका व्यवसायीहरुलाई पनि महासंघको जस्तै निर्वाचनपछि पक्ष विपक्षी नराखी एक कार्यसमितिको अवधारणमा काम गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ०३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ