१२ बैशाख २०८१, बुधबार | April 24, 2024

प्रधानमन्त्री ओली सर्वसत्तावादी हुन्, उनी विरुद्ध बोल्यो कि जेल जाने अवस्था छ : सभापति देउवा



हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार सर्वसत्तावादी भएको आरोप लगाएका छन् ।

काँग्रेसद्वारा आयोजित देशव्यापी प्रदर्शनका क्रममा हेटौंडामा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको आरोप लगाए ।

देउवाले आफुले विगतमा चुनावअघि आफुले बोलेको कुरा प्रमाणित हुँदै गएको बताए । कम्युनिष्टहरू जिते भने हाँस्न त के रून पनि पाइँदैन भनेको स्मरण गर्दै देउवालेभने ‘आज कोही रोयो भने किन रोयो भनेर जेल हाल्न बेर छैन ।’

सभापति देउवाले भने ‘कोही औषधि नपाएर रोए पनि ओलीको खिलाफमा जस्तो लाग्छ। पक्रेर लैजाने अवस्था छ ।’ देउवाले ओली सरकारको पालामा भ्रष्टाचार र बलात्कारका घटना बढेको दाबी गरे । कोरोना जस्तो महामारीको अवस्थामा पनि भ्रष्टाचार गर्ने गरेको उनले बताए ।

देउवाले सरकारकै कारण राजावादीहरु ‘राजा आऊ देश बचाऊ’ भन्दै सडकमा नारावाजीमा उत्रिन पाएको जिकिर गरे । उनले आशंका गर्दै भने ‘कतै प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेका त छैनन ? हैन भने कसरी आन्दोलन हुन सक्छ ?’

उता धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन्।

थापाले भने ‘भ्रष्टाचारी हेर्न कहीँ जान पर्दैन, बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ किनभने प्रधानमन्त्रीको वरिपरीकै व्यक्तिहरु भ्रष्टाचारीको संरक्षणमा लागेका छन्।’


प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : ३७ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल