१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला



काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ ।

प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए। पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”,उनले भने।

नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मङ्गलबार पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ३ : ५७ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज