२३ बैशाख २०८१, आइतबार | May 5, 2024

चिनी उद्योगीको आरोप, – माइतीघर मण्डलाका आन्दोलनकारी वास्तविक उखु किसान हैनन्



काठमाडौं । माइतीघर मण्डलामा उखु किसान आफ्नो पसिनाको कमाईको मूल्य खोजिरहेका छन् । तर, सिंहदरबार पुगेर  चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलनरत किसान उखु किसान नभएको आरोप लगाएका छन् ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएको उजुरी गरेका हुन् ।

मन्त्रालयमा उद्योगीहरूसँगको छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको दाबी गरेको बताए ।

विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताए ।

उद्योगीहरुले सुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि उनले पत्रकारहरुलाई सुनाए। मन्त्री भट्टले भने ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु पनि रहेछन भन्ने उहाँहरुबाटै थाहा पाएँ। सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो ।’ उनले संचारकर्मीहरूलाई भने, ‘त्यो भएर तपाईहरुले पनि आफ्नो तर्फबाट अलि अन्वेषण गर्न प-यो । त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं ।’

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताए ।

उनले अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ४७ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा