९ पुस २०८२, बुधबार | December 24, 2025

आजको मौसम : १, २ र बागमती प्रदेशको मौसममा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको छ ।

आज विहान ६ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । आद्रता ८४ प्रतिशत रहेको छ भने बायुको गति ५ किलोमिटर प्रति घण्टा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश २ र बागमती प्रदेशको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आज राती प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुको मौसममा आँशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ५६ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण