४ चैत्र २०८२, बुधबार | March 18, 2026

२४ घण्टामा थपिए ९३६ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो



काठमाडौं । मंगलबार नेपालमा ९३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल कोरोना संक्रमितको संख्या संख्या २ लाख ५० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या २ लाख ५० हजार १८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या पनि ९ हजार ८८१ मा झरेको छ ।

पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १ हजार ७३० जना कोरोना संक्रमितले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९६ संक्रमित निको भएका छन्। संक्रमित निको हुने दर बढ्दै गएको छ । निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४० बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत