९ पुस २०८२, बुधबार | December 24, 2025

२४ घण्टामा थपिए ९३६ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो



काठमाडौं । मंगलबार नेपालमा ९३६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल कोरोना संक्रमितको संख्या संख्या २ लाख ५० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार हालसम्म देशभर कोरोना संक्रमितको संख्या संख्या २ लाख ५० हजार १८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या पनि ९ हजार ८८१ मा झरेको छ ।

पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १ हजार ७३० जना कोरोना संक्रमितले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९६ संक्रमित निको भएका छन्। संक्रमित निको हुने दर बढ्दै गएको छ । निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४० बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)