१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

तिलोत्तमा नगर प्रमुख छात्रवृत्ति सामुदायिक विद्यालयका ४३ विद्यार्थीलाई



बुटवल । तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगर प्रमुख घिमिरेले यसअघि नैं घोषणा गर्नुभएअनुसार चालु शैक्षिक सत्रको लागि ४३ सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् ।

नगर प्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ । सोही अनुसार मंगलबार कक्षा १ देखि ८ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई जनहीँ ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार कोषमा जम्मा गरिएको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ०५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम