१६ चैत्र २०८२, सोमबार | March 30, 2026

तिलोत्तमा नगर प्रमुख छात्रवृत्ति सामुदायिक विद्यालयका ४३ विद्यार्थीलाई



बुटवल । तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगर प्रमुख घिमिरेले यसअघि नैं घोषणा गर्नुभएअनुसार चालु शैक्षिक सत्रको लागि ४३ सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् ।

नगर प्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ । सोही अनुसार मंगलबार कक्षा १ देखि ८ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई जनहीँ ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार कोषमा जम्मा गरिएको छ ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ०५ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको