२२ भदौ २०८३, सोमबार | September 7, 2026

रुपन्देहीको सैनामैनामा निर्माणधिन चक्रपथको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण



काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन् । उनका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागी थिए ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले सैनामैनाको शहरीकरणका लागि आवश्यक बजेटको व्यवस्था सङ्घीय र प्रदेश सरकारबीच छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए ।

उहाँले बजेटका विषयमा चिन्ता नगर्न आग्रह गर्दै तोकिएको समयमा सडक आयोजनाको काम पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयवासीसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयवासीको जागरुकता आवश्यक भएको बताए ।

कूल रु ५७ करोड १२ लाखको लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । नगरपालिका– ११ मा पर्ने क्षेत्रको चक्रपथको दुई किलोमिटर सडक कालोपत्र भएको छ ।

सो सडकको १६।५ किलोमिटर ग्राभेलको काम सकिएको र करिब १३० कल्भर्ट र आठ पुल निर्माण हुने छ । विसं २०७४ जेठ १७ गते चक्रपथको ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : २० बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११