२ पुस २०८२, बुधबार | December 17, 2025

पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र समन्वयको अभावमा बैठकमा अनुपस्थित : सभामुख सापकोटा



काठमाडौं । संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएको सम्बन्धमा सभामुखको सचिवालयले स्पष्टिकरण दिएको छ ।

सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै बैठकका विषयमा संवैधानिक परिषदको बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वयको अभावका कारण बैठकमा उपस्थित हुन असमर्थ भएको स्पष्ट पारेको छ ।

राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्दै प्रधानमन्त्रीलाई जानकारी गराउँदा समेत पूर्व तयारी, गृहकार्य, आपसि परामर्श र समन्वय नभएको विज्ञप्तिमा उल्लेख छ ।

सभामुखको सचिवालयका प्रेस विज्ञ श्रीधर न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा आईतबारको बैठकमा भने बैठक पूर्व संसद सचिवालयको नियमित कार्यक्रम रहेका कारण उपस्थित हुन नसकेको उल्लेख गरिएको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको मान्यता रहेको विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्न समेत आग्रह गरिएको छ ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्ने विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : १२ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि