२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

वृक्षरोपण गर्नु भन्दा पनि रोपिएका बोटविरुवाको संरक्षण गर्नु महत्वपूर्ण कार्य हो : देवदह नगर प्रमुख खत्री



देवदह । वृक्षरोपण गर्नु भन्दा पनि रोपिएका बोटविरुवाको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादु खत्रीले बताएका छन ।

उनले विरुवा रोप्ने तर विरुवाको संरक्षण नगर्ने परिपार्टीलाई हटाउदै विरुवाको संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । देवदह जेसीजको आयोजनामा स्मृति सामुदायिक वनमा अवस्थित देवदह स्मृति वनवाटिकामा स्थापना गरिएको बाबा बगैचाको उदघाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

नगर प्रमुख खत्रीले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि देवदहमा रहेका सबै संघसंस्था संग हातेमालो गर्दै अगाडी बढ्ने उल्लेख गरे । त्यस्तै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले वृक्षरोपण संगसंगै गोडमेल कार्यक्रम पनि आयोजना गर्न आग्रह गरीन । उनले देवदह जेसीजले सामाजिक कार्य गरेकोमा खुशि व्यक्त गर्दे हरेक कार्यमा आपूmले सक्दो सहयोग गर्ने बताएन ।

बाबा बगैचामा लगाइएका बोटविरुवाको संरक्षण गर्दै हरेक बर्षको कुशे औसीमा पितृको सम्झनामा बाबा बगैचामा कार्यक्रम गर्ने, बोटविरुवा लगाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका जेसीज साथीहरुलाई बाबा बगैचा साथै देवदहको अवलोकन गराउने लक्ष्य लिएको देवदह जेसीज बर्ष २०२० का अध्यक्ष जेसी सुरेन्द्र अधिकारीले उल्लेख गरे ।

संस्थाका अध्यक्ष जेसी सुरेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह जेसीजका मानार्थ सदस्य बासुदेव रिमाल, ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्राई, स्मृति सामुदायिक वनाका अध्यक्ष भरत गुरुङ्ग लगाएतले आआफना भनाई राखेका थिए ।

संस्थाका सहसचिव कमला अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष यम थापाले जेसीज आस्थापाठ बाचन गर्नु भएको थियो भने आनन्द पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ११ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको