२१ असार २०८३, आइतबार | July 5, 2026

कोरोना संक्रमणबाट विराटनगरमा थप दुईजनाको मृत्यु



विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो ।

सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रमुख फिजिसिन डा। दीपक सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : १५ बजे

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर

मालदह आँपको मूल्य बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल