४ असार २०८२, बुधबार | June 18, 2025

नोबेल अस्पताल विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक बृद्धा र युवती गरि दुईजनाको मृत्यु भएको छ ।

झापा शिवसताक्षी नगरपालिकाकी-२६ वर्षीया युवती र सुनसरीको दुहबी नगरपालिका-९ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पोजिटिभ झापाकी युवतीलाई थप उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार बिहान करिब ३ बजे युवतीको मृत्यु भएको हो ।

युवतीमा दीर्घ रोग भए नभएको प्रष्ट नभएको जनाउँदै अस्पतालले युवतीमा कोरोना लक्षण देखिएपछि पीसीआर परीक्षण गराएको थियो ।

त्यसैगरि, सुनसरीकी वृद्धा महिलाको उपचारका क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएकी महिलामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ५२ बजे

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक

त्रिदेशीय टी-२० सिरिज : नेपालद्वारा स्कटल्याण्डलाई २ विकेटले पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले