८ बैशाख २०८१, शनिबार | April 20, 2024

विराटनगरमा एकहप्ता निषेधाज्ञा



विरानटगर । मोरङको विराटनगर महानगरपालिका आसपासको क्षेत्रमा आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचना अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी विरानटगर महानगर र आसपासक्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

कोरोना भाइरको संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिँदै गएपछि जिल्ला प्रशासनले महानर र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जसअनुसार विराटनगर महानगरापालिका बाहेक बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा समेत निषेधाज्ञा हुनेछ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खुल्नेछन् भने सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछ ।

रानी नाका हुँदै भारतबाट नेपाली नागरिकबाहक अन्यलाई नेपाल प्रवेशमा पनि रोक लगाइएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : २८ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या