७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रिय झण्डा दिवस मनाइयो



काठमाडौं । आज पुष १ गते । विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ ।

२०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने जिकिर गरे ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहित दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ४१ बजे

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले