३१ असार २०८३, बुधबार | July 15, 2026

राष्ट्रिय झण्डा दिवस मनाइयो



काठमाडौं । आज पुष १ गते । विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ ।

२०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताए । पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने जिकिर गरे ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उनले बताए । ‘राष्ट्र, राष्ट्रियता, स्वाधिनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहित दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ४१ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार