१० बैशाख २०८३, बिहिबार | April 23, 2026

उखु किसानको आन्दोलन जारी, भुक्तानी नपाएसम्म घर नफर्किने



काठमाडौं । आन्दोलनरत उखु किसानहरुले उखुको भुक्तानी नपाएसम्म घर नफर्किने स्पष्ट पारेका छन् ।

सरकारले वार्ताका लागि बोलाएको पत्रको जवाफ दिँदै किसानहरुले भुक्तानी नपाएसम्म आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

उनीहरुले सरकारी कोषबाट आफ्नो रकम भुक्तानी गरिदिने या उद्योगीहरुबाट रकम असुल गराइदिनुपर्ने दुई बुँदे शर्त अघि सारेका छन् ।

सरकारी कोषबाट आफुहरुको बाँकी बक्यौता भुक्तानी गरी सरकारले उद्योगीहरुबाट व्याजसहित त्यसबापतको रकम असुल्न आग्रह गरेका छन् ।

किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले सरकारलाई पठाएको पत्रमा उखुको मूल्य भुक्तानी नपाएसम्म आफुहरुको शान्तिपूर्ण आन्दोलन जारी राख्ने उल्लेख गरिएको छ । किसानहरु वार्ताको विरोधी नभएको जिकिर गर्दैै पत्रमा परिणाममुखी वार्ता गर्न चाहेको जनाइएको छ ।

विगत केही दिनदेखि उखु किसानहरु उद्योगीहरुबाट बक्यौता भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा आन्दोलनमा रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १ : ५३ बजे

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु

दशौँ एनभीए लिग आजदेखि, महिला-पुरुष दुवैतर्फ प्रतिस्पर्धा

काठमाडौं । दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष