१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उखु किसानको आन्दोलन जारी, भुक्तानी नपाएसम्म घर नफर्किने



काठमाडौं । आन्दोलनरत उखु किसानहरुले उखुको भुक्तानी नपाएसम्म घर नफर्किने स्पष्ट पारेका छन् ।

सरकारले वार्ताका लागि बोलाएको पत्रको जवाफ दिँदै किसानहरुले भुक्तानी नपाएसम्म आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

उनीहरुले सरकारी कोषबाट आफ्नो रकम भुक्तानी गरिदिने या उद्योगीहरुबाट रकम असुल गराइदिनुपर्ने दुई बुँदे शर्त अघि सारेका छन् ।

सरकारी कोषबाट आफुहरुको बाँकी बक्यौता भुक्तानी गरी सरकारले उद्योगीहरुबाट व्याजसहित त्यसबापतको रकम असुल्न आग्रह गरेका छन् ।

किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले सरकारलाई पठाएको पत्रमा उखुको मूल्य भुक्तानी नपाएसम्म आफुहरुको शान्तिपूर्ण आन्दोलन जारी राख्ने उल्लेख गरिएको छ । किसानहरु वार्ताको विरोधी नभएको जिकिर गर्दैै पत्रमा परिणाममुखी वार्ता गर्न चाहेको जनाइएको छ ।

विगत केही दिनदेखि उखु किसानहरु उद्योगीहरुबाट बक्यौता भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा आन्दोलनमा रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १ : ५३ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका