२२ बैशाख २०८१, शनिबार | May 4, 2024

संवैधानिक परिषद् बैठक स्थगित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक स्थगित गरेका छन् ।

ओलीले परिषद बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगरे ओलीसँग भेट गरेका थिए । प्रचण्डले बैठकप्रति आपत्ति जनाउँदै स्थगित गर्न माग गरेका थिए ।

प्रचण्डसँगको भेटपछि ओलीले ५ बजेका लागि बोलाइएको बैठक स्थगित गरेका छन् ।

हिजो बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयमा ओलीले समेत समर्थन जनाएका थिए । शीर्ष नेताहरुसँग ओलीले अध्यादेश फिर्ता गर्ने र संवैधानिक आयोगहरुमा सहमतिका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर आज अचानक अध्यादेशकै आधारमा बैठक बस्ने भनेर सदस्यहरुलाई सूचित गरेपछि नेकपाका नेताहरुमा हल्लिखल्ली मच्चिएको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनुपस्थित हुने जानकारी गराइसकेका थिए ।

आजको बैठकमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको उपस्थिति समेत नहुने देखिएको थियो । सर्वोच्च अदालतमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश विरुद्ध रिट निवेदन दर्ता भएपछि प्रधानन्यायाधीस जबरा बैठकमा उपस्थित हुन सक्ने अवस्था थिए ।

सभामुख अग्निप्रसाद सापकोटा पनि बैठकमा उपस्थित हुने न्यून सम्भावना थियो । बाँकी अध्यक्ष प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको उपस्थितिले अध्यादेशअनुसार पनि कोराम पुग्न सम्भव हुँदैनथ्यो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ४ : ५३ बजे

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने