१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

मन्त्रीपरिषद बैठक सकियो, ओलीले अध्यादेशको नामसमेत उच्चारण गरेनन् !



काठमाडौं । बिहिबार साँझ बसेको मन्त्रीपरिषद् बैठक भर्खरै सकिएको छ । अध्यादेशबारे मौन रहँदै नियमित बैठक भर्खरै सकिएको हो ।

आजको बैठकमा विवादित अध्यादेश फिर्ता लिने निर्णय हुने अपेक्षा गरिएको थियो ।

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको नामसमेत नलिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीले भने, ‘बैठकमा अन्य सामान्य एजेण्डाहरुमा छलफल भएपनि प्रधानमन्त्री ज्यूले अध्यादेशको नामसमेत उच्चारण गर्नु भएन ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि आजको बैठकमा सामान्य छलफल समेत नभएको हो । अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपति कहाँ सिफारिस गर्नुपर्छ ।

बिहीबार मन्त्रीपरिषद् बैठकको ठीक एक घण्टाअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सो बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ०० बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ