११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अनैतिक सम्बन्ध खुल्ने डरले काकीको हत्या, दुई जना पक्राउ



लमजुङ । सुन्दरबजार नगरपालिका-४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।

सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको विभत्स हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताए । उनले भने, “मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले आज नै किटानी जाहेरी दिनुभएको छ ।” रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : २२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना