१६ श्रावण २०८३, शनिबार | August 1, 2026

अनैतिक सम्बन्ध खुल्ने डरले काकीको हत्या, दुई जना पक्राउ



लमजुङ । सुन्दरबजार नगरपालिका-४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको हत्या गरेको आरोपमा दुई युवालाई सार्वजनिक गरेको हो ।

सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको विभत्स हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको छ ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

सागरले उक्त घटना लुकाउनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताए । उनले भने, “मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले आज नै किटानी जाहेरी दिनुभएको छ ।” रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : २२ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको