२ असार २०८३, मंगलबार | June 17, 2026

गुट उपगुटमा लाग्नेलाई वामदेवको झड्का : दाहाल-नेपालको गुटगत भेला बहिष्कार



काठमाडौं । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्वपूर्ण भूमिकामा देखा पर्छन् ।

शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् । शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्वपूर्ण सन्देश दिएका छन् ।

वामदेवले गुटगत भेला बहिष्कार गरी पार्टी एकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आम कार्यकर्ताले समेत गरेका छन् । गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाललगायतका नेताले गौतमलाई आउन बारम्बार आग्रह गरेका थिए ।

गौतमले पार्टीको बैठकमा आफू आउने तर कुनै प्रकारको गुटगत भेलामा जान नसक्ने भन्दै भेला बहिष्कार गरिदिएका थिए । शुक्रबार पेरिसडाँडामा भएको भेलामा नगएका उपाध्यक्ष गौतमले अहिलेको यो संकटपूर्ण अवस्थामा भेला गर्ने समय नभएर बैठकबाटै आवश्यक निष्कर्ष निकाल्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् । ‘अहिले कसैले पनि गुटगत भेला गर्दै हिँड्ने बेला होइन । बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने ।

यसअघि पनि गौतमले पार्टी फुटकै अवस्थामा जानै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशनअघि प्रधानमन्त्री र अध्यक्षबाट हटाउन नहुने र अर्का अध्यक्ष दाहाललाई पूर्ण कार्यकारी अध्यक्षको भूमिका दिने गरी संकट व्यवस्थापनको खाका ल्याएका थिए । उनको सो खाकाले पार्टीलाई एक बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

गौतमले ओली तथा दाहाल-नेपाल दुवै समूहले गर्दै आएको गुटगत भेला पूर्ण रूपमा रोकिनुपर्ने अडान राख्दै आइरहेका छन् । सचिवालयमा दाहाल-नेपाल पक्षसँगै रहेका गौतम दाहाल नेपालले गुटगत भेला गर्ने क्रम बढाएपछि सो पक्षसँग रुष्ट हुन थालेको स्रोतको भनाइ छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : ०७ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ