७ आश्विन २०८३, बुधबार | September 23, 2026

अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री ओली बालुवाटारबाट खुमलटार जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न खुमलटार जाने भएका छन् ।

प्रधानमन्त्री ओली बिहान १० बजे प्रचण्ड निवास खुमलटार पुग्ने बालुवाटार स्रोतले बताएको छ ।

पार्टीमा पछिल्लो केही महिना देखिएको गम्भीर अन्तरविरोधका कारण संकटमा पर्दै गएका ओली प्रचण्डलाई भेट्न खुमलटार जाने निर्णय गर्नुलाई अर्थपूर्ण ढंगले विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री ओली आफुले गरेका कतिपय निर्णयका कारण आलोचित बन्दै गएका छन् भने पार्टीमा समेत एकलौटी गर्न खोजेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेताहरु एकजुट भएपछि संकटमा पुगेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि ओली अध्यक्ष प्रचण्ड निवास गएका थिएनन् । ओलीले प्रचण्डलाई भेट्नु पर्यो भने आफ्नो निवास बालुवाटारमा नै बोलाउने गर्थे ।

कोरोना भाइरसको महामारी सुरु भएपछि त ओली बालुवाटारबाट खासै बाहिर निस्कने गरेका थिएनन । यसअघि पार्टी सचिवालयमा अल्पमतमा परेपछि वामदेव गौतमलाई फकाउन उनी गौतम निवास भैंसेपाटी पुगेका थिए ।

हिजो शुक्रबार पनि ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै १ घण्टा भेटवार्ता भएको थियो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्न स्थायी कमिटी बैठकले दिएको निर्देशन फिर्ता नगरेपछि प्रचण्डले ओलीसँग गम्भीर असन्तुष्टि जनाउँदै पुनः संसदको विशेष अधिवेशन आह्वनका लागि राष्ट्रपति कार्यालय पुग्ने चेतावनी दिएका थिए ।

 

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : ५३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई