१ पुस २०८२, मंगलबार | December 16, 2025

अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री ओली बालुवाटारबाट खुमलटार जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्न खुमलटार जाने भएका छन् ।

प्रधानमन्त्री ओली बिहान १० बजे प्रचण्ड निवास खुमलटार पुग्ने बालुवाटार स्रोतले बताएको छ ।

पार्टीमा पछिल्लो केही महिना देखिएको गम्भीर अन्तरविरोधका कारण संकटमा पर्दै गएका ओली प्रचण्डलाई भेट्न खुमलटार जाने निर्णय गर्नुलाई अर्थपूर्ण ढंगले विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री ओली आफुले गरेका कतिपय निर्णयका कारण आलोचित बन्दै गएका छन् भने पार्टीमा समेत एकलौटी गर्न खोजेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल पक्षीय नेताहरु एकजुट भएपछि संकटमा पुगेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि ओली अध्यक्ष प्रचण्ड निवास गएका थिएनन् । ओलीले प्रचण्डलाई भेट्नु पर्यो भने आफ्नो निवास बालुवाटारमा नै बोलाउने गर्थे ।

कोरोना भाइरसको महामारी सुरु भएपछि त ओली बालुवाटारबाट खासै बाहिर निस्कने गरेका थिएनन । यसअघि पार्टी सचिवालयमा अल्पमतमा परेपछि वामदेव गौतमलाई फकाउन उनी गौतम निवास भैंसेपाटी पुगेका थिए ।

हिजो शुक्रबार पनि ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै १ घण्टा भेटवार्ता भएको थियो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्न स्थायी कमिटी बैठकले दिएको निर्देशन फिर्ता नगरेपछि प्रचण्डले ओलीसँग गम्भीर असन्तुष्टि जनाउँदै पुनः संसदको विशेष अधिवेशन आह्वनका लागि राष्ट्रपति कार्यालय पुग्ने चेतावनी दिएका थिए ।

 

 

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ९ : ५३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष