१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

खुमलटारबाट ओली बाहिरिए नेपाल पुगे



काठमाडौं । नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल खुमलटार पुगेका छन् ।

पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो राजनीतिक घटनाक्रमका विषययमा छलफलमा जुटेका छन् ।

यसअघि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ४५ मिनेट एक्ले वार्ता गरेका थिए । त्यसपछि उपाध्यक्ष वामदेव गौतमसहित थप आधा घण्टा संयुक्त छलफल गरेका थिए।

त्यसपछि नेपाल खुमलटार पुगेको केही समयमा ओली त्यहाँबाट बाहिरिएका हुन् । पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : १३ बजे

भैरहवाको सिद्धार्थ भिलासा अव पाँच तारे सुबिधा सहित

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय