३० भदौ २०८३, मंगलबार | September 16, 2026

खुमलटारबाट ओली बाहिरिए नेपाल पुगे



काठमाडौं । नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल खुमलटार पुगेका छन् ।

पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो राजनीतिक घटनाक्रमका विषययमा छलफलमा जुटेका छन् ।

यसअघि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ४५ मिनेट एक्ले वार्ता गरेका थिए । त्यसपछि उपाध्यक्ष वामदेव गौतमसहित थप आधा घण्टा संयुक्त छलफल गरेका थिए।

त्यसपछि नेपाल खुमलटार पुगेको केही समयमा ओली त्यहाँबाट बाहिरिएका हुन् । पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १ : १३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज