१ पुस २०८२, मंगलबार | December 16, 2025

पार्टी विवादमा ओलीको सक्रियता : खुमलटारदेखि शितल निवाससम्म एकपछि अर्को भेट



काठमाडौं । पार्टीमा निकै संकटको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् ।

पछिल्लो चरणमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निवास शितलनिवास पुगेर ओलीले बिहानदेखिको आफ्नो सक्रियताबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसक्रममा ओलीले प्रचण्डलाई आफु विरुद्ध लगाएर लेखेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

ओलीले आफुले अध्यक्षबाट छोड्नुपरेमा वामदेव गौतमलाई अध्यक्ष बनाउने प्रस्ताव गरेको स्रोतले बताएको छ । ओली र प्रचण्डको बीचमा भएको छलफलमा गौतम पनि सहभागी भएका थिए ।

प्रचण्डलाई भेट गरेपछि ओली सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई भेट गर्न मन्त्री क्वाटर पुगेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज