१५ असार २०८३, सोमबार | June 29, 2026

पार्टी विवादमा ओलीको सक्रियता : खुमलटारदेखि शितल निवाससम्म एकपछि अर्को भेट



काठमाडौं । पार्टीमा निकै संकटको अवस्थामा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानैदेखि राजनीतिक गतिविधिमा सक्रिय बनेका छन् ।

पछिल्लो चरणमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निवास शितलनिवास पुगेर ओलीले बिहानदेखिको आफ्नो सक्रियताबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए । त्यसक्रममा ओलीले प्रचण्डलाई आफु विरुद्ध लगाएर लेखेको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

ओलीले आफुले अध्यक्षबाट छोड्नुपरेमा वामदेव गौतमलाई अध्यक्ष बनाउने प्रस्ताव गरेको स्रोतले बताएको छ । ओली र प्रचण्डको बीचमा भएको छलफलमा गौतम पनि सहभागी भएका थिए ।

प्रचण्डलाई भेट गरेपछि ओली सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई भेट गर्न मन्त्री क्वाटर पुगेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : १९ बजे

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान