२ चैत्र २०८२, सोमबार | March 16, 2026

तराईमा शीतलहर बढ्यो, शीतलहर छल्न परालको सहारा



सिरहा । परालले छाएको सानो छाप्रो । एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना । त्यसमाथि पातलो सुकुल ओछ्याइको छ । नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ ।

यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो । गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो । यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन् ।

सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ । उनका लागि जाडोको सहारा घुर हो । तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन् ।

ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ । जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ । उनले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ ।’ शरीर छोप्ने कपडा जोड्न मुस्किल भएका बेला ओढ्ने-ओछ्याउने न्यानो कपडाको जोहो आफूहरूका लागि आकाशको फल जस्तै भएको उनले बताए ।

न्यानो ओढ्ने-ओछ्याउने नहुँदा गत वर्ष पत्नी गुमाउनुपरेको पीडाले अहिले पनि उनलाई सताएको छ । मौसम र सरकार दुवै गरिबमारा रहेको उनको बुझाइ छ । ‘ठन्ढियो गरिबे सबके उपर हमला करै छै ९चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दो रहेछ,’ उनले भने, ‘गरिब मरलो पर सरकार कोनो मोजर नै करै छै (गरिब मरे पनि सरकारले चासो देखाउँदैन) ।’

चिसो सुरु भएपछि सरकारले लगाउन र ओछ्याउन न्यानो कपडाको प्रबन्ध गरिदिएको भए गरिबको प्राण जोगिने यहाँका विपन्न बासिन्दा बताउँछन् । राजदेव पासवानले भने, ‘चुनावके बाद घरेमे सरकार यतै कहैछेलै (चुनाव भएपछि गाउँघरमै सरकार आउँछ भन्थे) अखनी तक सरकार याल जका नै बुझहाय (अहिलेसम्म सरकार भएको अनुभूति भएको छैन)।’

चिसो बढेसँगै ७८ परिवारको बसोबास रहेको सुकुमबासी पासवान बस्तीमा त्रास फैलिएको छ। यसपटकको शीतलहरले मरिने हो कि भन्ने डर उनीहरूमा जागेको छ। बस्तीका प्रायः सबैको जीवनशैली उस्तै छ। सुत्ने, ओढ्ने, ओछ्याउनेदेखि खानपान पनि मिल्दोजुल्दो। जीवन धान्ने सहारा पनि उही अर्थात् मजदुरी हो।

न्यानो लुगा जोड्ने आर्थिक हैसियत नभएका यो बस्तीका महिला र पुरुष दुवै पातलो कपडा ओढेर थरथर काम्दै घरधन्दा र मजदुरी गर्छन् । असह्य जाडो छल्न उनीहरू परालको आगो बालेर शरीर तताउँछन् । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : १३ बजे

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री