१२ बैशाख २०८१, बुधबार | April 24, 2024

अख्तियार प्रमुखमा प्रेम राईलाई ल्याउन ओलीले चढाए प्रतिनिधिसभाको वली



काठमाडौं । बिहान संसद विघटनको निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेका छन् ।

संंवैधानिक परिषदको मंसिर ३० मा बसेको बैठकले अख्तियार प्रमुखमा आयुक्त राईलाई सिफारिस गर्न गरेको निर्णयलाई ओलीले संसद विघटन गरेपछि कार्यान्वयनमा ल्याउने गरी अहिलेसम्म गोप्य नै राखेका छन् ।

ओलीले प्रेम राईलाई अख्तियार प्रमुख बनाउनकै लागि आफ्नो प्रधानमन्त्री पदसमेत दाउमा राखेको स्पष्ट भएको छ । राईमार्फत आफु निकटहरुसँग जोडिएको भ्रष्टाचारको मुद्दालाई समाप्त गर्न र आफ्ना राजनीतिक विरोधी प्रचण्डमाथि अख्तियारको दराजमा थन्किएको लडाकुको रकमबारेको मुद्दालाई अघि बढाउने योजना अनुसार नै ओली अघि बढेको विश्लेषण गरिएको छ ।

ओलीले अध्यादेशमार्फत संवैधानिक परिषदको काम कर्तव्य अधिकारमा आफुखुशी निर्णय गर्ने बाटो खोलेपछि बसेको संवैधानिक परिषद बैठकले राईलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेको थियो ।
अब, राईमाथि संसदमा संसदीय समितिमा सुनुवाई समेत नहुने भएको छ ।

संसद विघटन गरेर आफ्ना विरोधीका बाटा बन्द गराएका ओलीले सर्वोच्च अदालतमा मुद्दा परेर त्यहाँबाट संसद पुनस्र्थापित नै भएपनि त्यसबेलासम्म अन्य कैयौं निर्णयहरु गर्ने स्पष्ट भएको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : २४ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल