१५ असार २०८३, सोमबार | June 29, 2026

अख्तियार प्रमुखमा प्रेम राईलाई ल्याउन ओलीले चढाए प्रतिनिधिसभाको वली



काठमाडौं । बिहान संसद विघटनको निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेका छन् ।

संंवैधानिक परिषदको मंसिर ३० मा बसेको बैठकले अख्तियार प्रमुखमा आयुक्त राईलाई सिफारिस गर्न गरेको निर्णयलाई ओलीले संसद विघटन गरेपछि कार्यान्वयनमा ल्याउने गरी अहिलेसम्म गोप्य नै राखेका छन् ।

ओलीले प्रेम राईलाई अख्तियार प्रमुख बनाउनकै लागि आफ्नो प्रधानमन्त्री पदसमेत दाउमा राखेको स्पष्ट भएको छ । राईमार्फत आफु निकटहरुसँग जोडिएको भ्रष्टाचारको मुद्दालाई समाप्त गर्न र आफ्ना राजनीतिक विरोधी प्रचण्डमाथि अख्तियारको दराजमा थन्किएको लडाकुको रकमबारेको मुद्दालाई अघि बढाउने योजना अनुसार नै ओली अघि बढेको विश्लेषण गरिएको छ ।

ओलीले अध्यादेशमार्फत संवैधानिक परिषदको काम कर्तव्य अधिकारमा आफुखुशी निर्णय गर्ने बाटो खोलेपछि बसेको संवैधानिक परिषद बैठकले राईलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेको थियो ।
अब, राईमाथि संसदमा संसदीय समितिमा सुनुवाई समेत नहुने भएको छ ।

संसद विघटन गरेर आफ्ना विरोधीका बाटा बन्द गराएका ओलीले सर्वोच्च अदालतमा मुद्दा परेर त्यहाँबाट संसद पुनस्र्थापित नै भएपनि त्यसबेलासम्म अन्य कैयौं निर्णयहरु गर्ने स्पष्ट भएको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : २४ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि