२६ बैशाख २०८१, बुधबार | May 9, 2024

रिक्त संवैधानिक निकायमा पदपूर्ति सिफारिस, मानवअधिकार आयोग अध्यक्षमा तपबहादुर मगर



काठमाडौं । संवैधानिक परिषदसम्बन्धी विवादास्पद अध्यादेश ल्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका रिक्त पदमा धमाधम नियुक्तिको सिफारिस गरेका छन् ।

राष्ट्रपतिमार्फत संसद विघटन गराएर जुनसुकै निर्णय गर्न पनि फुक्काफाल भएका ओलीले अध्यादेशअनुसार गत मंसिर ३० गतेको संवैधानिक परिाषदको बैठकले गरेको निर्णयहरु आज सार्वजनिक गराएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई र आयुक्तमा जयबहादुर चन्दलाई सिफारिस गरेको ओली सरकारले संवैधानिक परिषदमार्फत राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिस गरेको छ । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् ।

यसैगरी संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस गरेको छ ।

यसैगरी राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली सिफारिस भएकी छिन् भने सदस्यहरुमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा सिफारिस भएका छन् ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन् ।

यसैगरी मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता सिफारिस भएका छन् । राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की सिफारिस भएका छन् ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान सिफारिस भएका छन् ।

यसैगरी आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापालाई सिफारिस गरिएको छ भने सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई सदस्यमा सिफारिस भएका छन् ।

यस्तै, राष्ट्रिय मुस्लिम आयोगमा महमुद्दिम अलि र मिर्जाअर्सद बेग सिफारिस भएका छन् भने थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी सिफारिस भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ४ : २९ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s