१५ असार २०८३, सोमबार | June 29, 2026

बालुवाटारमै सुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओलीलाई अनुशासनको कारवाही गर्ने सम्भावना



काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अन्यौलग्रस्त भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ । बैठकमा ओली र उनी निकट नेताहरु भने उपस्थित भएका छैनन् ।

बैठकको अध्यक्षता गर्दै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीबाट भएको संसद विघटनको असंवैधानिक कदमको विरोध गरेका छन् ।

बैठकमा सात जना मन्त्रीहरुले राजीनामा दिएको बारे जानकारी गराइएको थियो । पार्टीको निर्णय विपरित संवैधानिक परिषद अध्यादेश फिर्ता नलिई उल्टै संसद नै विघटन गर्ने ओलीको कार्यप्रति बैठकले खेद व्यक्त गर्ने बुझिएको छ ।

बैठकले पार्टी अध्यक्षबाट अनुशासन उल्लंघन भएको आरोप लगाउँदै उनीमाथि कारवाही गर्ने एक स्थायी कमिटी सदस्यले दाबी गरे ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ५ : १८ बजे

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान