१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

काँग्रेसको ठहर : संसद विघटन बदनियतपूर्ण र निन्दनीय



काठमाडौं । सरकारले संसद विघटन गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ ।

आइतबार बसेको काँग्रेस पदाधिकारी बैठकले संसद विघटन लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।

काँग्रेस बैठकले सरकारबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम भएको निस्कर्ष निकालेको छ ।

काँग्रेसले यस घटनालाई नेकपा सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको नेता रमेश लेखकले बताए ।

गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ । सरकारले जनताबाट प्राप्त अभिमतको अपमान गरेको पनि काँग्रेसले ठहर गरेको छ ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्तिरता तिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा कामभएकोले सडकबाट सामना गर्ने निर्णय भएको बताए । पौडेलले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा बैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । प्रधानमन्त्रीले आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चल्नुभएको छ । यसले राष्ट्रलाई अस्थिरता तिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजाने छ । यो अत्यन्त निन्दनिय काम भयो हामी यसको समाना गछौं ।’

 

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३५ बजे

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न

सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै (एसइई)