८ चैत्र २०८२, आइतबार | March 22, 2026

काँग्रेसको ठहर : संसद विघटन बदनियतपूर्ण र निन्दनीय



काठमाडौं । सरकारले संसद विघटन गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ ।

आइतबार बसेको काँग्रेस पदाधिकारी बैठकले संसद विघटन लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ ।

काँग्रेस बैठकले सरकारबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम भएको निस्कर्ष निकालेको छ ।

काँग्रेसले यस घटनालाई नेकपा सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको नेता रमेश लेखकले बताए ।

गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ । सरकारले जनताबाट प्राप्त अभिमतको अपमान गरेको पनि काँग्रेसले ठहर गरेको छ ।

बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्तिरता तिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा कामभएकोले सडकबाट सामना गर्ने निर्णय भएको बताए । पौडेलले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा बैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । प्रधानमन्त्रीले आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चल्नुभएको छ । यसले राष्ट्रलाई अस्थिरता तिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजाने छ । यो अत्यन्त निन्दनिय काम भयो हामी यसको समाना गछौं ।’

 

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३५ बजे

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली