१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

वर्षमान पुनबारे ‘अनर्गल’ प्रचार गरिएकामा आपत्ति



काठमाडौं । निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

उनका स्वकीय सचिव समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।

चापागाईंले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गरेका कारण त्यसबाट डराएका केही पात्र र प्रवृत्तिले अनन्तले सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन् ।

चापागाईंले आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुन मन्त्री निवास छाडेर डेरा सर्ने क्रmममा कुनै पनि सरकारी सामान नलगिएको स्पष्ट गरेका छन् । चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरुमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए ।

‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषदमै र बाहिरसमेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै छ’, चापागाईंले भनेका छन्, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछु ।’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : ३५ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता