१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

वर्षमान पुनबारे ‘अनर्गल’ प्रचार गरिएकामा आपत्ति



काठमाडौं । निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

उनका स्वकीय सचिव समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।

चापागाईंले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गरेका कारण त्यसबाट डराएका केही पात्र र प्रवृत्तिले अनन्तले सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन् ।

चापागाईंले आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुन मन्त्री निवास छाडेर डेरा सर्ने क्रmममा कुनै पनि सरकारी सामान नलगिएको स्पष्ट गरेका छन् । चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरुमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए ।

‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषदमै र बाहिरसमेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै छ’, चापागाईंले भनेका छन्, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछु ।’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  २ : ३५ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित