१ पुस २०८२, मंगलबार | December 16, 2025

संविधानअनुसार संसदको नियमित अधिवेशन अबिलम्ब बोलाउन नेकपाका ११४ सांसदको माग



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षीय सांसदहरुले संसद अधिवेशन अबिलम्ब बोलाउन माग गरेका छन् ।

संघीय संसदको लोत्से हलमा संसदको दुबै सदनका ११४ जना सांसदहरुको भेलाले संविधानअनुसार अबिलम्ब संसद अधिवेशन आह्वान गर्न माग गरेको हो ।

भेलाले आफ्नो पार्टीको संसदीय दलका प्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरु कोही पनि नमरेको जिकिर गरे । प्रचण्डले संसद र सांसदहरु जीवितै रहेको बताउँदै केही साथीहरुले मर्नका लागि प्रयत्न गरेको धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले संविधानअनुसार संसद अधिवेशन बोलाइनुपर्ने धारणा समेत राखेका थिए ।

भेलालाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समेत सम्बोधन गरेका थिए ।

भेलामा प्रतिनिधिसभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदहरु सहभागि थिए ।

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : २५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज