१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पूर्वराष्ट्रपति र पूर्वप्रधानन्यायाधीस भन्छन् – ‘संसद विघटन असंवैधानिक’; बल प्रधानन्यायाधीसको कोर्टमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको कार्यलाई पूर्व राष्ट्रपतिसहित सर्वोच्च अदालतका २ जना पूर्व प्रधान न्यायाधिसहरुले पनि असंवैधानिभ भएको टिप्पणी गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीले सजिलै संसद विघटन गर्ने अधिकार संविधानले कहिँकतै नदिएको स्पष्ट पारेका छन् ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानीक कदम चालेको प्रतिक्रिया जनाएकी छिन् । प्रधानमन्त्रीले सिफारिस गरी राष्ट्रपतिबाट संसद विघटन नहुँदै उनले प्रधानमन्त्रीको सिफारिस असंवैधानिक रहेको र राष्ट्रपतिले रोक्नु पर्ने प्रतिक्रिया कार्कीको छ ।

सर्वोच्चकै अर्का पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले पनि ओलीको संसद विघटनको निर्णयलाई असंवैधानिक भनेका छन् । पूर्व प्रधानन्यायाधीस श्रेष्ठका अनुसार जुन धारा प्रयोग गरेर संसद विघटन गरिएको छ उक्त धारामा प्रतिनिधिसभा विघटनको अधिकार नै छैन । उनले संसदले प्रधानमन्त्री दिनै नसक्ने अवस्था आएका बखत मात्र संसद विघटन हुने संविधानको प्रावधानलाई गलत प्रयोग गरिएको बताएकाछन् ।

यस्तै पूर्व राष्ट्रपति डा. रामवरण यादवले पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै राष्ट्रको अभिभाकत्व निभाउनु पर्ने निकायबाटै असंवैधानिक काम भएको टिप्पणी गरेका छन् । नयाँ संविधान जारी गरेका पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्च अदालतले सच्याउनु पर्ने जिकिर गरेका छन् ।

मुलुकको तीन प्रमुख संवैधानिक निकायका पूर्व प्रमुखहरुले असंवैधानिक भनेको कदमका विषयमा अब बोल्नेपालो वर्तमान प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबराको आएको छ ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध १२ वटा रिट परेको छ । यो रिटको सुनुवाईमा प्रधानन्यायाधीस जबराको निस्पक्ष भूमिका राष्ट्रले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ३५ बजे

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ