१५ असार २०८३, सोमबार | June 29, 2026

वामदेव फकाउन माधव, झलनाथ र नारायकाजी भैंसेपाटीमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी विवादमा पछिल्लो केही दिन यता तटस्थ जस्तै देखिएका उपाध्यक्ष वामदेव गौतमलाई नेकपाका वरिष्ठ नेताहरु उनको निवास पुगेर भेटेका छन् ।

गौतमलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेका थिए ।  आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बस्नु अघि नेताहरुले गौतमलाई विश्वामा लिन र बैठकमा उपस्थिति गराउन प्रयासस्वरुप उनलाई भेट गरेका हुन् ।

तर, गौतमले नेताहरुलाई कुनै बैठकमा सहभागी नहुने बताएका छन् । उनले आफुलाई दुई चार दिन सोच्न समय चाहिएको बताएका थिए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरेका तर पार्टी विभाजनको तयारी स्वरुप बस्ने कुनै गुट बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।

यसअघि गौतम प्रचण्ड–नेपाल समुहमा खुलेर लागेका थिए । तर, गत शनिबार प्रधानमन्त्री ओलीले प्रचण्ड निवासमा प्रधानमन्त्रीमा वामदेव कार्ड फ्याँकेपछि गौतम तरङ्गित बनेको बुझिएको छ । गौतमकै उपस्थितिमा ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा वामदेव बनाउँ भनेर प्रस्ताव गरेपछि गौतमले तत्कालै प्रचण्डलाई आफ्नो प्रस्ताव स्थायी कमिटीबाट फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाको उपनिर्वाचन गर्नुपर्ने या संविधान संशोधन गर्नुपर्ने भन्दै त्यसमा प्रतिवद्धता जनाउन ओलीलाई आग्रह गरेका थिए ।

गौतम सोही दिनबाट अलि बढी तरङ्गित भएको प्रचण्ड निकट नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : ३७ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि