१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठक काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा सुरु भएको हो ।

नेकपाका वैधानिक ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ६५ प्रतिशत बढी केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहका रहेका छन् ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि एजेण्डा तय गर्न स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको थियो । यसअघि गत आइतबार बसेको सो समुह निकट स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । सो निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ । बैठकले ओलीलाई कारवाही गरेर सो ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने छ ।

यसअघि नेकपाको ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न गरिसकेको छ ।

सो समुहले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ भने पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ५८ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा