६ श्रावण २०८३, बुधबार | July 22, 2026

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणको लागि आर्थिक सहयोग



काठमाडौ । ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु दुई लाख पचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको देख्दा निकै हर्षित भएको विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ३४ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ