७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

पाँच महिनामा ६ हजार पर्यटक



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये अमेरिकी नागरिकको संख्या अधिक छ ।

विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् ।

चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ

विमानस्थलबाट यो अवधिमा नेपाल आएका पर्यटक विगतका वर्षमा जस्तो मुलुकको पदयात्रा भ्रमण एवं विभिन्न पर्यटकीय गन्तव्य स्थलको भ्रमणमा गएका छैनन् । राजधानीको पर्यटकीय बजार ठमेलमा समेत यो वर्ष विदेशी पर्यटकको अनुहार देख्न मुस्किल परेको सम्बन्धित पर्यटन व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।

उनीहरूले नेपाल भ्रमणका लागि नभएर अन्य काम विशेष र डिप्लोम्याटिक तथा कूटनीतिक काममा आएकाले बजारमा चहलपहल नदेखिएको बताएका छन् ।

कोरोना प्रभावका कारण लामो समय बन्द रहेको नियमित व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सरकारले अहिले विभिन्न मुलुकबाट आउने पर्यटकका लागि सम्बन्धित देशको दूतावास एवं कूटनीतिक नियोगसँग समन्वय गर्नेहरू र डिप्लोम्याटिकलाई मात्र आगमन खुला गरेको छ ।

पछिल्लो समय भारतबाट काठमाडौंका लागि हवाई उडान सुचारु भएको छ । अहिले भारतबाट हवाई मार्ग हुँदै आउने भारतीय नागरिकलाई पर्यटकका रूपमा गणना गरिएको छ । सोही कारण आगामी दिनमा पर्यटक आगमन संख्या थप बढ्ने विभागको अनुमान छ ।

विभागका अनुसार सो अवधिमा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै घर फर्किने नेपालीको संख्या कुल १ लाख ५४ हजार २२१ जना रहेको छ । यसैगरी समीक्षा अवधिमा नेपालबाट ७८ हजार २३४ जना नेपाली हवाई मार्गबाट विभिन्न मुलुकतर्फ प्रस्थान गरेका छन् । यो अवधिमा ६१ हजार ३५१ जना पुरुष र १६ हजार ८७८ जना महिला हवाई मार्गबाट विभिन्न मुलुकतर्फ गएका छन् ।

बितेका पाँच महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना हवाई यात्रु नेपाल भित्रिएका छन् । यो अवधिमा सोही विमानस्थलबाट ८९ हजार ८९० जना विदेश प्रस्थान गरेका छन् ।

अब बेलायतबाट नेपाल आउन नपाइने 

सरकारले बेलायतबाट नेपाल आउने हवाई यात्रुमाथि प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि हवाई यात्रु नल्याउन सम्बन्धित वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो ।

प्राधिकरणको यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ । पछिल्लो समय बेलायतमा दोस्रो चरणको कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झन्डै ५० वटा देशले बेलायतसँगको हवाई उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।

हाल बेलायतमा नयाँ भाइरस देखिएको र सो भाइरस पहिलेभन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

युरोपियन युनियनले बेलायतसँगको सिधा हवाई उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अब १ पुसयता नेपाल आएकाहरूलाई अनिवार्य रूपमा ७ दिन क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेपछि मात्र घर तथा आफ्नो गन्तव्य जान पनि आग्रह गरिएको छ ।

मंगलबार नेपाल आउन ट्रान्जिटमा रहने हवाई यात्रुहरूले समेत अब अनिवार्य रूपमा १० दिन होटल क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गरेर मात्र आफ्नो घर जानुपर्ने भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : १५ बजे

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा