२० मंसिर २०८२, शनिबार | December 6, 2025

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरे ।

अहिलेको संकटको शृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भब नभएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले काङ्ग्रेस कम्युनिस्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको बिचार ब्यक्त गरे । राजसंस्था र हिन्दुराष्ट्लाई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आबश्यकता भएको समेत राणाको भनाई थियो ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनिले संसदको विघटन अलोकतान्त्रिक र असम्बैधानिक भएको भन्दै सर्बोच्च अदालतको फैसला कुर्नुपर्ने बताए ।

उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएको त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्सनको खाका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ३ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय